आज यी नदीमा बाढीको सम्भावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध « Khabarhub

आज यी नदीमा बाढीको सम्भावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लगातारको वर्षाले देशका अधिकांश नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ । नदी तथा खोलाहरुमा बाढीको जोखिम उच्च रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान छ ।

बिहानको मापन अनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहेको छ भने कोशी, नारायणी र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ। भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु तथा नारायणी र यसका सहायक नदीहरु त्रिशुली, बुढिगण्डकी, कालिगण्डकी, मर्स्याङदी लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने छ भने पश्चिम राप्ती, बबईमा बहाब सामान्य रहने, कन्काई, कमला, वाग्मती र पुर्वी राप्ती जलाधारका केही सहायक नदीहरुमा मध्यम देखि भारी वर्षा भई बहाब उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।

आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम, धनकुटा, ओखलढुंगा, पाँचथर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, वाग्मती प्रदेशको काठमाडौ, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्गजा, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, रोल्पा, दाङ, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेल्धुरा र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बाढी आइ सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : २३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज