पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारू « Khabarhub

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारू


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा आज बिहान २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएसँगै काठमाडौँका लागि छुटेका तथा काठमाडौँदेखि बाहिरी जिल्लाका लागि छुटेका सयौँ सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । १० घण्टाभन्दा बढी समय लगाएर पहिरो पन्छाएसँगै साँझ ६ बजेबाट एकतर्फी रुपमा बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउँदै गर्दा सडकमाथिबाट थप पहिरो खस्दा सडक खुलाउन लामो समय लागेको हो । सडक सुचारू भएसँगै बिहानदेखि रोकिएका सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाउन थालिएको छ ।

बिहीबार पनि सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ३७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस