पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारू « Khabarhub

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारू


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा आज बिहान २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएसँगै काठमाडौँका लागि छुटेका तथा काठमाडौँदेखि बाहिरी जिल्लाका लागि छुटेका सयौँ सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । १० घण्टाभन्दा बढी समय लगाएर पहिरो पन्छाएसँगै साँझ ६ बजेबाट एकतर्फी रुपमा बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउँदै गर्दा सडकमाथिबाट थप पहिरो खस्दा सडक खुलाउन लामो समय लागेको हो । सडक सुचारू भएसँगै बिहानदेखि रोकिएका सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाउन थालिएको छ ।

बिहीबार पनि सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ३७ बजे

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा