काठमाडौँमा पनि बाढीको जोखिम ! महानगर गर्दैछ व्यवस्थापनको तयारी « Khabarhub

काठमाडौँमा पनि बाढीको जोखिम ! महानगर गर्दैछ व्यवस्थापनको तयारी


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरभित्रका केही ठाउँमा खोलामा आउने बाढीले क्षति पुर्‍याउन सक्ने अनुमान गरेर विपद् व्यवस्थापनको तयारी गरेको छ ।

अनामनगर, सामाखुसी र बल्खुमा बाढीको जोखिममा रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

काठमाडौँका वाग्मती, धोबीखोला र विष्णुमती खोलामा बाढी आउँदा आसपासका बस्तीहरू जोखिममा पर्ने गरेका छन् ।

महानगरले अहिले अनामनगर क्षेत्रमा खोला सफाइको काम गरिरहेको महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले खबरहबलाई बताए ।

‘बल्खुमा सानेपा जाने बाटोको सुकुम्बासी बस्ती र कलंकीमा बढी जोखिम देखिएको छ,’ उनले भने, ‘जुनसुकै बेला बाढी पस्ने जोखिम रहेकाले अहिले खोलामा सफाइ गरिरहेका छौँ ।’

उनका अनुसार खोलामा जम्मा भएको माटो निकालेर सफा गर्दा खोलाको पानीले डिल नाघेर क्षति पु¥याउने सम्भावना कम हुन्छ । अनामनगरमा र सामाखुसी क्षेत्रमा खोलो सफा गर्ने उनले बताए ।

राष्ट्रिय जोखिम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी पहिरोबाट देशभर करिब १८ लाख मानिस प्रभावित हुने पूर्वानुमान गरेको छ ।

महानगरपालिकाले काठमाडौँमा बाढी पस्ने सम्भावित क्षेत्रमा कति घरपरिवार प्रभावित हुन सक्छन् भन्ने पूर्वानुमान भने गरेको छैन ।

‘बाढीले कति क्षति गर्छ भन्ने कुरा पूर्वानुमान गर्नसकेका छैनौँ,’ महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले भने, ‘कोभिडको कारण पनि त्यति ध्यान गएन ।’

२०७६ सालको वर्षातमा काठमाडौँका केही ठाउँमा खोलाको पानी पसेको थियो । श्रेष्ठका अनुसार अहिले अनामनगर, सामाखुशीलगायत क्षेत्रमा खोला सफाइको माग आउने गरेको छ ।

सम्भावित विपद व्यवस्थापन गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वयमा काम गर्ने तयारी भएको पनि उनले बताए ।

प्रकोप व्यवस्थापनका लागि उद्धार र राहतका आवश्यक सामग्री तयार राखिएको श्रेष्ठले बताए । महानगरले बाढी प्रभावितका लागि राहत वितरण कोषमा जम्मा भएको रकम खर्च गर्ने उनको श्रेष्ठको भनाइ छ ।

उनका अनुसार अनुसार महानगरको विपद् राहत कोषमा ३० लाख रुपैयाँ जम्मा भएको छ ।

महानगरले सिन्धुपाल्चोको मेलम्ची नगरपालिकालाई २ करोड तथा दुई गाउपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई ५०–५० लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : २३ बजे

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सर्प्राइज उपहारहरू 

काठमाडौं– एनसेलले एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र

हरित बैकिङ्ग पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी