मन्त्री हुनेको नाम टुंग्याउने माओवादी केन्द्रको तयारी « Khabarhub

मन्त्री हुनेको नाम टुंग्याउने माओवादी केन्द्रको तयारी


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आज पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंग्याउने तयारी गरेको छ ।

यसका लागि आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक डाकिएको छ । समावेशी आधारमा भूगोलसमेत मिलाएर भरसक  नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको नेता गणेश साहले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट  अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल मात्र सहभागी छन् । माओवादीले पाउने भनिएको ७ मन्त्रालयमध्ये बाँकी पाँच मन्त्रालय टुंगिन बाँकी छ ।

एमालेको माधव कुमार नेपाल समूहको अलमलले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको नेताहरुले बताउँदै आएका छन् । पार्टी एकताकै लागि प्रयास भइरहेकाले नेपाल समूह सरकारमा जान अनिच्छुक देखिएको छ । तर गठबन्धनका नेताहरुले संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल समूहलाई सरकारमा आउन दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : १० बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट