अडिसन पास गर्न फोनमा अश्लील कुराकानी « Khabarhub

अडिसन पास गर्न फोनमा अश्लील कुराकानी


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडकी बोल्ड अभिनेत्रीका रुपमा चिनिएकी राधिका आप्टे बोलीका कारण चर्चामा आइरहन्छिन् । हालसम्म उनले फिल्ममा कैयौं भूमिका निर्वाह गरिसकेकी छन् ।

राधिका जहिल्यै फिल्ममा काम गर्दाको अनुभवलाई लिएर खुलेर कुरा गर्छिन् । केही समय अघि नेहा धुपियाको ‘विद वोग’मा राजकुमार रावसँग आएकी राधिकाले आफ्नो एक अनौठो अडिसनका बारेमा खुलेर बताएकी छन् ।

राधिकाका अनुसार फिल्म ‘देव डी’का लागि दिएको अडिसन उनको करियरकै अनौठो अडिसन थियो । ‘देव डीको अडिसनका लागि मैले फिल्ममा अश्लील कुराकानी गर्नुपर्ने थियो । यसो हुँदा मात्र मैले अडिसन पास गर्ने थिएँ । त्यो बेला म पुणेमा बस्थें । मैले फोनमा यस्ता कुरा गरेको थिइनँ । तर अडिसन दिँदा सबैको अगाडि बोल्नुपर्ने भयो । अडिसन पास हुनका लागि मैले यो काम गरें’, राधिकाले भनेकी छन् ।

केही समय अघि मात्र राधिकाले आफ्नो केही न्यूड भिडियो सार्वजनिक भएपछि घर बाहिर निस्कन गाह्रो परेको बताएकी थिइन् । फिल्म ‘क्लीन शेव’को भिडियो सार्वजनिक भएपछि राधिकालाई समस्या भएको थियो ।

राधिका पछिल्लोपटक वेब सिरिज ‘रात अकेली’मा देखिएकी थिइन् । फिल्ममा उनी अभिनेता नवाजुद्दीन सिद्दीकीसँग रोमान्टिक अवतारमा देखिएकी थिइन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  २ : २० बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,