काठमाडौँमै कांग्रेसको वडा अधिवेशन अनिश्चित « Khabarhub

काठमाडौँमै कांग्रेसको वडा अधिवेशन अनिश्चित


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन आउन एक दिनमात्र बाँकी छ । तर  राजधानी काठमाडौँलगायत केही जिल्लामा अधिवेशनको टुङ्गो छैन ।

हालसम्म पनि काठमाडौँलगायत जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशन हुने वा नहुने अनिश्चितता बढेको हो ।

निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा केही नभनेकाले पनि कार्यकर्तामा अनिश्चितता बढेको छ ।

निर्वाचन समिति संयोजक महादेव यादव पार्टी केन्द्रीय कार्यालयले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको सूची दिएकाले सार्वजनिक गरिएको बताउँछन् ।

एक्काइस जिल्लाका क्रियाशील सदस्यताको सूची पार्टी कार्यालयबाट प्राप्त नभएकाले सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यता सार्वजनिक नभएका जिल्लामा राजधानी काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, प्रदेश नं २ का आठवटै जिल्ला, डोल्पालगायत २१ जिल्ला छन् ।

क्रियाशील सदस्यको सूची सार्वजनिक भएका ५६ जिल्लामा निर्वाचन अधिकृत खटाएर यही भदौ १८ गते वडा अधिवेशन गर्ने तयारी भएको समिति संयोजक यादवले जानकारी दिए ।

पार्टीले क्रियाशील सदस्यको सूची दिएको दुई घण्टामा सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने गरी तयारी गरेर बसेको पनि उनले सुनाए ।

निर्वाचन कार्यतालिकाअनुसार भदौ २७ गते पालिकास्तरीय अधिवेशनको कार्यक्रम छ । बाँकी २१ जिल्लाका वडामा त्यसअघिसम्म वडा अधिवेशन सक्ने गरी तयारी भइरहेको समितिले जनाएको छ ।

प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन सकी आगामी मङ्सिर दोस्रो साता १४ औँ केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १० : ४५ बजे

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन