पहिरोले पुरिएर पोखरामा तीन जनाको मृत्यु « Khabarhub

पहिरोले पुरिएर पोखरामा तीन जनाको मृत्यु


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गण्डकी- अविरल वर्षापछिको पहिरोमा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ ।  एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् ।

लगातारको वर्षापछि गए राति आएको पहिराले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलाममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उहाँकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ रहेका छन् । पहिरोमा उनका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने घाइते आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले जानकारी दिए ।

त्यसैगरि पोखरा–११ भञ्ज्याङ नमूना टोलमा पहिरोले घर परिँदा घाइते ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएका दुई जनाको उक्त अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखरा–११ काँहुमा पहिरोले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन् । अहिले घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र विभिन्न सङ्घ संस्थाको सहयोगमा उद्धार भइरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १० : ०८ बजे

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार