संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग « Khabarhub

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुने स्पष्ट गरेको छ । राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूसँग आज आयोजित कार्यक्रममा निर्वाचनको सम्भावित मितिबारे छलफल भएको हो ।

छलफल पश्चात् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय र प्रदेशसभाको निर्वाचन एकै समयमा हुनुपर्ने र सम्बन्धित तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै गर्नुपर्ने संविधानको मर्मअनुसार परामर्श भएको बताए। 

सो विषयमा आन्तरिक छलफलपछि आयोग र सरकारलाई ठोस सुझाव दिने शीर्ष नेताहरूले विश्वास दिलाएको उनको भनाइ छ । 

प्रवक्ता भट्टराईले योग्य मतदाता कोही पनि मतदाता नामावलीमा छुट्न नहुने र एउटै मतदाताको नाम दोहोरिन नहुने विषयलाई आयोगले प्राथमिकतामा राख्नुका साथै आयोगद्वारा गरिएका सुधारात्मक कामबारे नेताहरूलाई जानकारी गराइएको जानकारी दिए । 

मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरसम्बन्धित गराइएको उल्लेख गर्दै उनले नामावलीलाई थप व्यवस्थित र त्रुटिरहित बनाउने काम अघि बढाइएको जानकारी दिए ।

प्रवक्ता भट्टराईले देशको कूल जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी रहे पनि मतदाता नामावलीमा भने पुरुष मतदाताको सङ्ख्या बढी देखिएको अवस्थाबारे पनि जानकारी गराए।

मतदाता नामावलीमा देखिएका यस्ता असन्तुलन र सुधार गर्नुपर्ने विषय छलफलमा प्रस्तुत गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : ४३ बजे

प्रधानमन्त्री बालेन र मोदीबीच मंसिर ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतको दुईदिने राजकीय

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री 

विराटनगर- अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग

काठमाडौँ–  निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह

स्थानीय तह सक्षम भए मात्रै सङ्घीयताको अनुभूति हुन्छ : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सक्षम र

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस