‘बिग बोस’ विजेता सिद्धार्थको निधन « Khabarhub

‘बिग बोस’ विजेता सिद्धार्थको निधन


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– भारतीय टेलिभिजनका अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ । उनी ४० वर्षका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार बिहान ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनले अन्तिम श्वास फेरेका थिए ।

सिद्धार्थको लोकप्रियता टेलिभिजन सिरियल ‘बालिका बधु’बाट चुलिएको थियो । त्यसपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । उनी ‘दिल से दिल तक’ सिरियलमा पनि देखिएका थिए ।

उनले बलिउडमा ‘हम्प्टी शर्माकी दुल्हनिया’बाट डेब्यू गरेका थिए । उनले ‘बिग बोस १३’बाट बढी लोकप्रियता पाए । यो शोमा पञ्जाबी अभिनेत्री शहनाज गिलसँगको उनको जोडी निकै रुचाइएको थियो । दुवैजना हालैमात्र ‘बिग बोस ओटीटी’ पनि देखिएका थिए ।

सिद्धार्थ ‘खतरों के खेलाडी सिजन ७’मा पनि देखिएका थिए । उनले ‘सावधान इण्डिया’ र ‘इण्डिया गट ट्यालेन्ट’को होस्ट गरेका थिए । उनको जन्म १९८० डिसेम्बर १२ मा मुम्बईको हिन्दू ब्राम्हण परिवारमा भएको थियो । आफ्नो मोडलिङको सुरुवाती दिनमै उनले पितालाई गुमाएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १२ : ०७ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक