कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि « Khabarhub

कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मुल आयोजक समितिका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले जनाएका छन् ।

३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडीले सहभागिता जनाउने छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेमा पदक जितेका प्रायः सबै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

तीनदिने प्रतियोगितामा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । व्यक्तिगत स्पर्धाको पुरुष÷महिलामा ६–६ गरी १२, पेयर र टिममा समान ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।

विगतमा भौतिक रुपमा प्रतियोगिता आयोजना हुँदै आएकोमा कोरोनो भाइरसको जोखिमलाई मध्यनगर गरी भर्चुअल रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  २ : १८ बजे

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ ।

अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्ने सहमति

वासिङ्टन – संयुक्त राज्य अमेरिका र रुस उच्चस्तरीय सैन्यतहको वार्ता