अफगानिस्तानमा आजै नयाँ सरकार घोषणा गर्ने तालिबानको तयारी « Khabarhub

अफगानिस्तानमा आजै नयाँ सरकार घोषणा गर्ने तालिबानको तयारी


१७ भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबलु– अफगानिस्तानमा तालिबानले बिहीबार नयाँ सरकारको घोषणा गर्न सक्ने जनाइएको छ । बीबीसीले तालिबानका वरिष्ठ नेता अहमदुल्लाह मुत्तकीले राष्ट्रपति भवनमा एक समारोहको तयारी भइरहेको जानकारी दिएको उल्लेख गरेको छ । उनले सामाजिक सञ्जालमा सो जानकारी दिएका छन् ।

तालिबानका वरिष्ठ अधिकारीहरुले केही दिनपहिला अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा तालिबानका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुन्दजादाको नेतृत्वमा एक शासकीय परिषद् गठन हुन सक्ने बताएका थिए ।

मुल्ला हिब्तुल्लाका तीनजना उपप्रमुख छन् । तालिबानका संस्थापक मुल्ला उमरका छोरा मौलाभी याकूब, हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानी र तालिबानका संस्थापक सदस्य मध्य एक अब्दुल गनी बरादर उपप्रमुख हुन् ।

गत अगस्ट १५ मा तालिबानले काबुललाई कब्जामा लिएको थियो । ३१ अगस्टमा अमेरिकी सेना पूर्णरुपमा अफगानिस्तानबाट फर्किसकेको छ । विगत १५ दिनयता अफगानिस्तान तालिबानको नियन्त्रणमा रहे पनि नयाँ सरकार भने बनाइएको छैन । (एजेन्सी)

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  २ : ०९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको