भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि « Khabarhub

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि


१७ भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ ।

एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्यासमेतमा वृद्धि भएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ८९ हजार ५८३ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन करोड २० लाख २८ हजार ८२५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ५०९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ३९ हजार ५२९ पुगेको छ ।

मृतकमध्ये १७३ जनाको केरला प्रदेशमा मात्रै मृत्यु भएको हो । केरलामा सङ्क्रमित भएकाको सङ्ख्या ३२ हजार ८०२ रहेको छ । (सिन्ह्वा)

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  २ : ५४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको