कपिलवस्तु प्रहरीले नियन्त्रणमा लियो १० भैँसी « Khabarhub

कपिलवस्तु प्रहरीले नियन्त्रणमा लियो १० भैँसी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ ।

कपिलबस्तुको शुद्धोधन गाउँपालिका-३ झरुवाबाट अवैध रुपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी र ६ राँगा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

करिब तीन लाख मूल्यका ती भैँसीको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी लबनीको गस्ती टेलीले नियन्त्रणमा लिएको हो । भैँसी ओसारपसारमा संलग्नहरू भने प्रहरी देखेपछि फरार भएका थिए । भैँसी सुठौली भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ११ : ०१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको