राजेन्द्र राईले मुख्यमन्त्रीको सपथ लिँदै, चार जनालाई आजै मन्त्री बनाउने तयारी « Khabarhub

राजेन्द्र राईले मुख्यमन्त्रीको सपथ लिँदै, चार जनालाई आजै मन्त्री बनाउने तयारी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई आज प्रदेश-१ को मुख्यमन्त्री बन्ने भएका छन् । उनलाई दिउँसो २ बजेपछि मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी भएको छ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने अवस्था नरहेपछि सोमबार राजीनामा दिएका थिए । लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय तोकेका थिए । सरकार गठनको आह्वान गरेलगत्तै राईले सोमबार अपराह्न ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनलाई नेकपा (एस)सँगै नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका सांसदको समर्थन छ ।

राईले आजै चार सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी पनि गरेका छन् । यसका लागि उनले तत्काललाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई दुई जना सदस्यलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

मन्त्रीका लागि माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँगै, झलकसिंह दर्लामी, रामकुमार राई, धिरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठको नाम चर्चामा छ ।

नेपाली कांग्रेसमा हिमाल कार्की, केदार कार्की, ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम, विन्दिया कार्कीलगायतले मन्त्रीका लागि लविङ गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ११ : ५३ बजे

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया