राजेन्द्र राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त, आजै सानो आकारको मन्त्रिपरिषद् बनाउँदै « Khabarhub

राजेन्द्र राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त, आजै सानो आकारको मन्त्रिपरिषद् बनाउँदै


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई आजै दिउँसो सपथग्रहणको तयारी भएको छ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने अवस्था नरहेपछि सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्म लागि दिएको समयमा उनको मात्रै दाबी परेपछि राईलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । सरकार गठनको आह्वान गरेलगत्तै राईले सोमबार अपराह्न ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनलाई नेकपा (एस)सँगै नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका सांसदको समर्थन छ । राईले आजै चार सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी पनि गरेका छन् । यसका लागि उनले तत्काललाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई दुई जना सदस्यलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

मन्त्रीका लागि माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँगै, झलकसिंह दर्लामी, रामकुमार राई, धिरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठको नाम चर्चामा छ ।

नेपाली कांग्रेसमा हिमाल कार्की, केदार कार्की, ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम, विन्दिया कार्कीलगायतले मन्त्रीका लागि लविङ गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १२ : ५९ बजे

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ

गाडी गुड्न यसरी तयार हुँदैछ, गण्डकी र लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क