राजेन्द्र राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त, आजै सानो आकारको मन्त्रिपरिषद् बनाउँदै | Khabarhub Khabarhub

राजेन्द्र राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त, आजै सानो आकारको मन्त्रिपरिषद् बनाउँदै


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई आजै दिउँसो सपथग्रहणको तयारी भएको छ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने अवस्था नरहेपछि सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्म लागि दिएको समयमा उनको मात्रै दाबी परेपछि राईलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । सरकार गठनको आह्वान गरेलगत्तै राईले सोमबार अपराह्न ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनलाई नेकपा (एस)सँगै नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका सांसदको समर्थन छ । राईले आजै चार सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी पनि गरेका छन् । यसका लागि उनले तत्काललाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई दुई जना सदस्यलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

मन्त्रीका लागि माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँगै, झलकसिंह दर्लामी, रामकुमार राई, धिरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठको नाम चर्चामा छ ।

नेपाली कांग्रेसमा हिमाल कार्की, केदार कार्की, ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम, विन्दिया कार्कीलगायतले मन्त्रीका लागि लविङ गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १२ : ५९ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद् अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि