अवैध काठसहित ट्याक्टर नियन्त्रण « Khabarhub

अवैध काठसहित ट्याक्टर नियन्त्रण


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देही प्रहरीले अवैध काठसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका–४ पकडिहवाबाट उक्त काठ र ट्याक्टर नियन्त्रणमा लिएको हो ।

लु२त ४६११ नम्बरको ट्याक्टरमा लोड गरिरहेको अवस्थामा सगुन र बकाइनोका ५२ गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

ट्याक्टरसहित करिब सात लाख ५० हजार मूल्य बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रुपन्देही पठाइएको थापाले जानकारी दिए । चाडपर्वका बेला तस्करी बढेको भन्दै रुपन्देही प्रहरीले ठाउँठाउँमा गस्ती टोली खटाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : ३० बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न