माधव नेपालले भने : ओलीले लाज पचाएर न्यायाधीशहरुको राजीनामा मागे (भिडियो) « Khabarhub

माधव नेपालले भने : ओलीले लाज पचाएर न्यायाधीशहरुको राजीनामा मागे (भिडियो)


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सर्वोच्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताएका छन् । प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालेमात्र नभएर संवैधानिक इजलासमा बसेका सबै ५ जना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएपछि अध्यक्ष नेपालको यो भनाइ आएको हो ।

नेकपा एकीकृत समाजवादीले मंगलबार रौतहटको गौरमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले केपी ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रको हत्या गर्न खोज्दा अदालतले संसदलाई जोगाएको भन्दै सवोच्च्चका न्यायाधीशहरुले राजीनामा दिन नहुने बताए । लाज पचाएर एमाले अध्यक्ष ओलीले न्यायाधीशको राजीनामा मागेको उनको टिप्पणी छ ।

उनले गठबन्धन सरकारमा आफ्नो पार्टी पनि रहेको भन्दै अव जनता र देशका लागि काम गर्ने जिकिर गरे । नेपालले आफ्नो पार्टीको हैसियत खोज्नेलाई नै प्रदेशबाट आउट गरेको बताए । केपी ओलीको दम्भकै कारण केन्द्रदेखि प्रदेशसम्म् एमाले सरकारबाट हट्नुपरेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले एमाले जनताको सेवा गर्ने भावनाबाट टाढिएर लुटेराहरुसँग नजिकिएको आरोप लगाउँदैे उक्त पार्टी लुटेरा पार्टी भएको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : २३ बजे

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण