बाढीपहिरो पीडितका लागि राहतका थप कार्यक्रम ल्याउँछौँ : गृहमन्त्री खाँण « Khabarhub

बाढीपहिरो पीडितका लागि राहतका थप कार्यक्रम ल्याउँछौँ : गृहमन्त्री खाँण


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलबारे- गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो पीडितलाई थप राहत दिलाउन सरकार लागि परेको बताएका छन् ।

धनकुटा, पाँचथर र इलामको बाढीपहिरा प्रभावित क्षेत्रको मंगलबार अवलोकनपछि उनले थप राहत प्रदान गर्नका लागि अनुगमन भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँणले बाढीपहिरोबाट मृत्यु भएका प्रतिपरिवारलाई दुई लाख, सोही घरका अन्य व्यक्तिको ज्यान गएको भए प्रतिव्यक्ति एक लाख राहत प्रदान गरिने निर्णय सरकारले गरिसकेको उल्लेख गर्दै यसमा के कति राहत थप गर्न सकिन्छ, त्यसका लागि प्रयास भइरहेको बताए ।

घाइतेको निःशुल्क उपचार र बेपत्ता परिवारलाई समेत दुई लाख दिने सरकारले यसअघि नै घोषणा गरिसकेको उनले बताए ।  गृहमन्त्री खाँणसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सडक विभागका प्रतिनिधिलगायतको टोलीले मंगलबार बढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् ।

गृहमन्त्री खाँणले बाढीपहिरा पीडितको उद्धार र राहतमा खट्ने सबैलाई धन्यवाद दिदैं अझै पनि केही व्यक्ति बेपत्ता रहेको हुँदा उनीहरुको उद्धार र राहतमा जुट्न सबैलाई आग्रह गरे ।

उनले विद्युत्, खानेपानी र सिँचाइका क्षेत्रमा बढी असर देखिएकाले त्यसतर्फ आफूहरुको ध्यान गएको बताउँदै किसानलाई राहतका लागिसमेत विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी गृहमन्त्री खाँणले आजै धनकुटाको चौबिसे गाउँपालिका, पाँचथरको तुम्बेवा गाउँपालिकासहित इलाम र सुनसरी जिल्लामा पुगेर प्रभावित क्षेत्रका बासिन्दाको अवस्था बुझ्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : ३३ बजे

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको