महिला उद्यमीलाई प्रोत्साहन गर्न बेलायत तयार रहेको बेलायती राजदूतको भनाइ | Khabarhub Khabarhub

महिला उद्यमीलाई प्रोत्साहन गर्न बेलायत तयार रहेको बेलायती राजदूतको भनाइ


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित बेलायती राजदूत निकोला पोलिटले नेपाली महिला उद्यमीहरुलाई सहयोग गर्न तयार रहेको बताएकी छन् ।

नेपाल उद्योग परिसंघको वुमन लिडरसिप फोरमले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले फोरमसँग मिलेर महिला उद्यम विकासमा सहयोग गर्न तयार रहेको बताइन् ।

उनले महिला उद्यमीका विभिन्न समस्या रहेको भन्दै ति समस्यासँग लड्न बेलायतले सहयोग गर्ने बताइन् । बेलायतले निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको उनको भनाइ थियो ।

उनले महिला उद्यमीलाई बेलायतमा पनि समस्या रहेको भन्दै आर्थिक निर्णयमा पहुँच महिला उद्यमीको समस्या रहेको बताइन् । कोरोना महामारीका कारण महिला उद्यमीले संसारभर समस्या भोग्नुपरेको उनको भनाइ थियो । उनले महिलालाई अगाडि बढाए समग्र विकासमा टेवा पुग्ने बताइन् ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि महिला उद्यमीका समस्याबारे प्रकाश पारेका थिए । उनले आर्थिक स्रोतमा पहुँच र परिवारबाट महिला उद्यमीलाई त्यति सहयोग नहुने गरेको बताए ।

कार्यक्रममा फोरमकी अध्यक्ष छाया शर्माले गरिवी निवारणका लागि महिला सशक्तीकरण अनिवार्य भएको बताइन् । उनले उद्योग परिसंघले महिला उद्यमीहरुलाई सशक्तीकरण गर्न सहयोग गरिरहेको जानकारी दिइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : ०० बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्