सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द « Khabarhub

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकास्थित १३२–११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउँसोबाट विद्युत आपूर्ति बन्द भएको हो ।

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रअन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर बदली भइरहेको र छिट्टो भन्दा छिट्टो विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको बताए । उनले रातभरि मर्मतको काम गरिने उल्लेख गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : १० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको