गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा २९ लाख बढीको कारोबार « Khabarhub

गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा २९ लाख बढीको कारोबार


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा रु २९ लाख बढी कारोबार भएको छ । ललितपुरमा शुक्रबार सुरु भएको १४ औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्षित रु ५० लाखभन्दा बढी आर्थिक कारोबार भएको हो ।

गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्णरूपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिए पनि लक्ष्यभन्दा निकै बढी कारोबार भएको छ ।

गत शुक्रबादेखि चार दिनसम्म रहेको प्रदर्शनीमा ३७ हजार अवलोकनकर्ता सहभागी भएको बताइएको छ । मेलामा सबैभन्दा बढी ६० प्रतिशत गोदावरी फूल बिक्री भएको अध्यक्ष तामाङले जानकारी दिए । मेलामा ४४ स्टल र गोदावरी पुष्पसँगै, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत सामग्री मेलामा राखिएको थियो ।

प्रदर्शनमा काठमाडौँ उपत्यकासहित चितवनका पुष्पखेती गर्ने व्यवसायीले ४०० प्रजातिका फूल बिक्री वितरणका लागि राखेका थिए । विगतको वर्षमा भन्दा यस वर्ष फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा ५० हजारभन्दा बढी सयपत्री फूलको माला भारतबाट आयात गरिएको छ । आवश्यकताअनुसार आयात गरिने फूलमध्ये केही मंगलबार आइसकेको छ भने केही बुधबार ल्याउने तयारी रहेको छ ।

यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवं गोदावरी फूलको माला छन् । माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा केही वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा बजारमा १५ प्रतिशत फूलको माग बढी छ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ ।

व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । हाल यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै थप फस्टाउँदै गएको छ । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ५७ बजे

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा

ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क

वासिङ्टन- अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा जुलाई २२ देखि २५