राई मन्त्रिपरिषदको पहिलो निर्णय, आचार्यका पालमा भएका सबै निर्णय खारेज | Khabarhub Khabarhub

राई मन्त्रिपरिषदको पहिलो निर्णय, आचार्यका पालमा भएका सबै निर्णय खारेज


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदको मंगलबार साँझ बसेको पहिलो बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्ति खारेजीको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधानसम्मत नभएकाले त्यसयता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रक्रियामा लैजाने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

बैठकले प्रदेशका १३७ स्थानीय तहका विपन्न, दलित, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायमध्येबाट एक–एक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय गरेको छ । यस्तै बैठकले लोपोन्मुख संस्कृति संरक्षणका लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको मन्त्री आङ्बोले बताए । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ४४ बजे

ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले

भारत-अमेरिका व्यापार वार्ता निर्णायक मोडमा : ‘शून्य ट्यारिफ’ सम्झौता हुन सक्ने ट्रम्पको संकेत

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता नजिकिएको दाबी

तीन महिनाको विपद् : ९३ जनाको मृत्यु, २२ बेपत्ता

काठमाडौं – गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

रामपुर– यहाँको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै

जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयो : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनताको अपेक्षाअनुसार छिटो