शहीद स्मारक लिगमा भोलिदेखि तेस्रो चरणका खेल « Khabarhub

शहीद स्मारक लिगमा भोलिदेखि तेस्रो चरणका खेल


१६ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार)देखि सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

चार दिनसम्म चल्ने तेस्रो चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका सार्वजनिक भएको छ । दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल तथा दिनको एक मात्रै खेल साँझ पौने ५ बजे हुनेछ ।

शुक्रबारको पहिलो खेलमा फ्रेण्ड्स क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । यस्तै, दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब लगातार दुई खेलमा पराजित भई पुछारमा रहेको एपीएफ फुटबल क्लबसँग भिड्नेछ ।

शनिबारको पहिलो खेलमा दोस्रो स्थानको संकटा क्लबले शीर्षस्थानको मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती दिनेछ । सोही दिनको दोस्रो खेलमा च्यासल युथ क्लबले उपाधिमा दाबी गरेको न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

तेस्रो चरणअन्तर्गत आइतबार हुने एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको आक्रामक सैलीको दबाब खेप्नेछ । एन्फाले २० मंसिरमा तय दुई खेललाई भने दुई दिन धकेल्दै २२ मंसिरमा पुर्याएको छ । रंगशालामा युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएसँगै तेस्रो चरणका अन्तिम दुई खेल सारिएका हुन् ।

बुधबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । सोही दिन हुने तेस्रो चरणको अन्तिम खेलमा लगातार दोस्रो खेलमा पराजित जावलाखेल युथले साविक विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

दुई चरणको खेल सकिँदा कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पारेको मनाङ शतप्रतिशत जितका साथ शीर्षस्थानमा छ । समान ४ अंक भएका संकटा, ब्रिगेड, मच्छिन्द्र, पुलिस, सातदोबाटो क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् ।

समान ३ अंक बनाएका थ्री स्टार र च्यासल सातौँ र आठौँ स्थानमा रहँदा आर्मी नवौँ स्थानमा छ । समान १ अंकका शेर्पा, फ्रेण्ड्स र एनआरटी क्रमशः १० औँ, ११ औँ, र १२ औँ स्थानमा रहँदा कुनै अंक जोड्न नसकेका जावलाखेल र एपीएफ रेलिगेशन जोनमा छन् ।

१४ क्लब सहभागी लिगको पुछारमा रहने दुई क्लब ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १ : ५२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र