उपल्लो डोल्पाको विद्यालयलाई ज्योति विकास बैंकको दुई लाख रूपैयाँ सहयोग « Khabarhub

उपल्लो डोल्पाको विद्यालयलाई ज्योति विकास बैंकको दुई लाख रूपैयाँ सहयोग


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित यान्जेर गुम्बा विद्यालयलाई दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

सो विद्यालयका विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडीआई) को ‘प्रोजेक्ट ज्योति’ मार्फत् दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङ लाई सो रकम प्रदान गरेका थिए ।

एच डी आई ले सो रकम बाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विद्यतीय माध्यमद्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ । उक्त सहयोगपछि विद्युतीय सेवाबाट वञ्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ।

‘प्रोजेक्ट ज्योति’ नाम दिइएको यस परियोजनामा एच डी आई र राष्ट्रिय आविष्कार केन्द्रको संगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरि जडान गरिने छ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ९ : १० बजे

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको