‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि दिल्ली लगिने « Khabarhub

‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि दिल्ली लगिने


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि दिल्ली लगिने भएको छ ।

सोमबार सीता दाहाललाई उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका हुन् ।

सीताको उपचारका लागि दिल्ली लगिने भएपछि अध्यक्ष प्रचण्ड पनि दिल्ली जाने भएका छन् ।

आजको स्थायी समिति बैठकमा उनले आफू पत्नीको उपचारका लागि मुम्बई जानु परेका कारण भोलिको बैठकमा नआउने जानकारी गराएका थिए ।

गत बुधबार एक्कासी स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

बिहीबार अस्पतालबाट डिस्चार्ज भए पछि उनी घरमै रहेकी थिइन्। उनलाई थप उपचारका लागि सोमबार भारत लग्ने तयारी भएको हो।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ६ : ३३ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको