‘महिलाको किड्नी लगाउँदा केपी ओलीको दिमाग बिग्रियो भन्ने, महिलामाथि कत्रो अपमान ?’ (भिडियोसहित) « Khabarhub

‘महिलाको किड्नी लगाउँदा केपी ओलीको दिमाग बिग्रियो भन्ने, महिलामाथि कत्रो अपमान ?’ (भिडियोसहित)


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलको कडा आलोचना गरेका छन् ।

नेकपा सचिवालय सदस्य समेत रहेका रावलको नामै नलिइ उनले कडा आलोचना गरेका हुन ।

‘महिलाको किड्नीले केपी ओलीको दिमाग बिग्रियो भन्नेलाई महिलाले नै जन्माएको त्यो मान्छे पहिलेदेखि नै त्यस्तो हुनुपर्छ,’ उनले भने, ‘म त्यतापट्टी जान चाहान्छ, महिलामाथिको कत्रो अपमान हो यो ?’

उनले व्यङ्ग्य गर्दै भने, ‘तिनलाई त्यो दिन बेलुका श्रीमतीले कसरी खान दिइन् होला अचम्म लाग्छ ?’

यसअघि भीम रावलले महिलाको किड्नी हालेकाले केपी ओलीको दिमाग बिग्रिएको भनी अभिव्यक्ति दिएको भन्ने ‘फेक न्यूज’ सार्वजनिक भएका थिए । रावलले यसलाई कुप्रचार भन्दै आपत्ति समेत जनाएका थिए ।

नेता रावले ट्वीटरमा लेखेका छन-

हेरौँ भिडियो

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : ४७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको