विद्यालय, सिनेमा हल लगायतका बन्द क्षेत्र खुलाउन सीसीएमसीको प्रस्ताव « Khabarhub

विद्यालय, सिनेमा हल लगायतका बन्द क्षेत्र खुलाउन सीसीएमसीको प्रस्ताव


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका क्षेत्र खुलाउन कोभिड संक्रमण रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी) ले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।

आज बसेको सीसीएमसीको बैठकले घट्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै  हाल बन्द रहेका क्षेत्रहरु खुलाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।

बदलिँदो परिस्थितिलाई हेरेर रोक लगाउने सक्नेगरी हाललाई खुल्ला गर्ने गरी प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।

सीसीएमसीको सिफारिसमा सरकारले २०७६ चैत्र ६ गतेबाट विद्यालय, चलचित्र घर, जिमखानालगायत मान्छेहरुको जमघट हुने व्यवसाय सञ्चालनमा रोक लगाएको थियो ।

मठ मन्दिर, खेलकुद लगायतका क्षेत्रहरु खुलेपनि विद्यालय, चलचित्र घर, जिमखाना लगायतका केही क्षेत्रहरु अझै बन्द छन् ।

यसैगरी बैठकले बेलायत लगायतका देशमा देखिएको  नयाँ स्वरुपको भाइसको जोखिम फैलिन नदिन ती देशबाट आएका व्यक्तिहरुलाई कम्तिमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।

नयाँ कोरोना भाइरसको संक्रमण प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए-नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने समेत सीसीएमसीको बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १० : २६ बजे

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा