भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाएनन् ज्याला « Khabarhub

भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाएनन् ज्याला


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पाँच महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् ।

गत भदौ १७ गते राति आएको बाढीले उक्त जलविद्युत् आयोजनाको नहर र विद्युत्गृहमा ठूलो क्षति पुर्‍याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए । काम सकिएर विद्युत् सञ्चालन भएको पाँच महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थानीय मजदुर ओमकार विकले बताए । विकले २५ दिनसम्म लगातार काम गरेको तर अहिलेसम्म पूरा ज्याला नपाएको गुनासो गरे ।

‘बाढीले बिजुलीको कुलो र पावरहाउसमा ठूलो क्षति गरेको थियो, गाउँकै युवा मिलेर करिब एक महिना काम गर्‍यौँ, बिजली छिट्टै नै बाल्यौँ, तर अहिलेसम्म पनि पूरा पैसा पाउन सकेको छैनौँ’, विकले भने, ‘काम गरेको पैसा नपाउँदा खर्च चलाउनै हम्मेहम्मे भएको छ ।’ मजदुरी गरेरै पाँच जनाको परिवार पाल्दै आएका विक काम गरेको पैसा नपाउँदा परिवार पाल्न समस्या भएको गुनासो गर्छन ।

दिनको एक हजारका दरले पारिश्रमिक पाउने गरी सम्झौता गरेर महिना दिन काम गरेको भए पनि जम्मा नौ हजारमात्रै पाएको उनको भनाइ छ । काम गरेको पारिश्रमिक नपाएपछि विद्युत्गृहमा काम गरेका मजदुरले केही समय पहिले विद्युत्गृहमै तालाबन्दीसमेत गरेका थिए । तर केही दिनमै पारिश्रमिक दिन्छौँ भन्ने प्रतिबद्धतापछि एक दिनमै ताला खोलेको उनीहरुको भनाइ छ ।

बाढी पसेर विद्युत्गृहमा क्षति पुगेपछि गाउँमा निरन्तर बत्ती नबल्दासम्म आफूहरुले खटेर काम गरेको भए पनि आयोजनाले पारिश्रमिक नदिएको अर्का मजदुर टेकबहादुर विकको गुनासो छ । विद्युत्गृहको नहरमा भौतिक संरचनामा पुगेको क्षतिलाई सामान्य बनाउन २७ दिन काम गरेको उनको भनाइ छ । भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजनाका अध्यक्ष पदम घर्तीमगरले ऋण धन गरेर बाढीले क्षति पुर्‍याएको विद्युत् सञ्चालनमा ल्याएको भन्दै सरकारी निकायबाट सहयोग नहुँदा आफूहरु नै समस्यामा परेको बताउँछन्।

अहिलेसम्म, वडा, नगरपालिका, प्रदेश र केन्द्रबाट कुनै पनि सहयोग नभएको दुखेसो पोख्दै अवलोकन गर्न आउने नेताहरूले आश्वासन मात्रै दिएको उनी बताउँछन् । सहयोग गर्छौँ भनेकाहरूले सहयोग नगर्दा मजदुरको पारिश्रमिक समयमा दिन नसकेको घर्तीले बताए ।

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले रु पाँच लाख दिने आश्वासन दिएको तर अहिले प्रदेशबाट आउँछ भन्दै उम्किएको बताए । गण्डकी प्रदेश सरकारले रु २२ लाख सहयोग गर्ने भने पनि त्यो सहयोगसमेत अझैसम्म नपाएको उनको दुखेसो छ । ‘बाढीले पीडित बनेका गाउँलेलाई लगाएर काम गरियो, उनीहरूले पैसापैसा भनेर अत्याएका छन् तर आयोजनासँग पैसा छैन, कहाँबाट दिने’, उनले भने ।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट चार लाख ५० हजार सहयोग भएको भन्दै अन्य सबै आफूहरूले व्यवस्थापन गरेको उनको भनाइ छ । बाढीले उक्त आयोजनाको १५० मिटर कुलो बगाएको थियो भने विद्युत्गृहको जेनेरेटर, टर्वाइनलगायत मेसेरेनरी सामानमा क्षति पुर्‍याएको थियो । बाढीले क्षति पुर्‍याएको विद्युत् मर्मत गर्नका लागि रु २२ लाख बढी खर्च भएको अध्यक्ष घर्तीमगरको भनाइ छ ।

यस आयोजनाबाट ढोरपाटन नगरपालिका वडा नं ८ र ९ का आठ १०० घरधुरी जनता लाभान्वित छन् । बाढीले क्षति पुर्‍याएको विद्युत् आयोजना ४१ दिनपछि सञ्चालनमा आएको थियो । अध्यक्ष घर्तीमगरले रु १२ लाख बढी मजदुरको ज्याला र अन्य सामान खरिदमा खर्च भएको बताए । मजदुरलाई ६ लाख भुक्तानी गर्न बाँकी छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : ३२ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान