फागुन २५ देखि पशुपतिमा विशेष पूजा « Khabarhub

फागुन २५ देखि पशुपतिमा विशेष पूजा


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि हुने भएको छ ।

कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरू गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए ।

हाललाई एक हजार १०० देखि २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा एक हजार १०० देखि २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने रु पाँच हजार १०० र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी उनले दिए ।

महाशिवरात्रिका दिन पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो ।

कोरोनाका कारण करीब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १२ : ५८ बजे

चुनाव नजिकिँदै गर्दा संस्थापक नेताहरूले छाड्न थाले रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पक्षमा चुनावी लहर आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज– बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’

अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर

टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

बनेपा– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका