पाँचथरमा चौरी पर्यटन महोत्सव हुने | Khabarhub Khabarhub

पाँचथरमा चौरी पर्यटन महोत्सव हुने


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिकामा वैशाख १ गते चौँथो फालेलुङ चौरी पर्यटन महोत्सव २०७८ हुने भएको छ ।

फालेलुङ गाउँपालिका–४ मा रहेको तिनसिमाना क्षेत्रमा महोत्सव आयोजना हुने भएको हो । दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्धन संस्था, कञ्चनजंघा चौरीपालन तथा संरक्षण संस्थाको संयुक्त आयोजनामा महोत्सव हुने दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावा राईले जानकारी दिए ।

परम्परागत चौरी पालनलाई व्यवस्थित र व्यावहारिक तरिकाले पालन गरि दिगो आयआर्जन बढाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको प्रवर्धकमा फालेलुङ गाउँपालिका र फालेलुङ गाउँपालिका ४ नम्बर वडाको कार्यालय रहेको छ ।

महोत्सवमा चौरी तथा याकको प्रजातिहरुको प्रदर्शनी, भुटानबाट नश्ल सुधारको लागि ल्याइएको याकको प्रदर्शनी, चौरीबाट उत्पादित वस्तुहरुको प्रदर्शनी तथा बिक्री, तीनसिमाना क्षेत्रको मनोरम दृश्यहरुको दृश्यावलोकन, गोठ स्टेको अनुभव लिन सकिने बताइएको छ ।

महोत्सवमा छिमेकी देश भारतसहित भुटानबाटसमेत अवलोकन गर्न आउने आयोजकले अपेक्षा गरेको छ । २०७४ सालदेखि आयोजना हुँदै आएको चौरी महोत्सव गएको वर्ष भने कोरोना भाइरसका कारण आयोजना हुन सकेन ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ४ : ३० बजे

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला