बाँकेको नरैनापुरमा एक सय १५ घर जले, ४ जना घाइते « Khabarhub

बाँकेको नरैनापुरमा एक सय १५ घर जले, ४ जना घाइते


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – बाँकेको नरैनापुर गाउँपालिका-४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा एक सय १५ घर जलेर नष्ट भएका छन् ।

घटनास्थल पुगेका बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार दिउँसो साढे ३ बजेतिर आगलागीमा परी ४ जना घाइते भएका छन् ।

घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । क्षतिको एकिन विवरण अझैं संकलन भइसकेको छैन । आगलागीको सूचना पाउने बित्तिकै नरैनापुर गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी पाँच वटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङबाङले जानकारी दिए ।

जिल्ला सदरमुकाम नेपालगन्जबाट ४० किमि पूर्वमा रहेको नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौ पटक हो । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले यस अघि वडा नं. १ मा २४, वडा नं. २ मा १८, वडा नं. ४ मा १० वटा र वडा नं. ६ मा ४ वटा घर जलेर नष्ट भएको बताए ।

उनले भने, ‘धेरैको फुसको छानो भएको घर छन् । पानी नपरेर सुकेको छ । एउटा घरमा आगो लाग्ने बित्तिकै सल्केर एकैपटक धेरै घर जलेर नष्ट हुने गरेका छन् ।’ गाउँपालिका अध्यक्ष शाहले ‘विषम परिस्थितिमा केन्द्र, प्रदेश र अन्य स्थानीय सरकारलाई सहयोगको लागि सामाजिक सञ्जालमार्फत अपिल पनि गरेका छन् ।

आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई बास र गासको व्यवस्था गरेका छन् ।

फागुन र चैतमा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन सूचना केन्द्रका व्यवस्थापक रूपन ज्ञवालीले अव्यवस्थित घर तथा कमजोर संरचनाका कारण आगलागीका घटना बढेको बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १० : ४९ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको