ओडीआई र टी-ट्वान्टी वरीयतामा नेपालको एक–एक स्थान सुधार « Khabarhub

ओडीआई र टी-ट्वान्टी वरीयतामा नेपालको एक–एक स्थान सुधार


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को ओडिआई र टी–२० वरीयतामा नेपालले एक-एक स्थान सुधार गरेको छ ।

आइसीसीले हरेक वर्ष मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ । यसमा पछिल्लो तीन वर्षको नतिजालाई आधार मानिने आइसीसीले जनाएको छ ।

आइसीसीले सोमबारी जारी गरेको वरीयतामा नेपाल ओडिआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । यस्तै टी–२० आईमा पनि एक स्थान सुधार गर्दै नेपाल १३औं स्थानमा उक्लेको छ ।

ओडिआईमा नेपाल यसअघि १७औं र युएई १६औं स्थानमा थियो । युएईलाई पछि पार्दै नेपाल १६औं स्थानमा उक्लेको हो । नेपालले २०२० फेब्रुअरीमा क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजपछि ओडिआई खेल खेलेको छैन ।

यस्तै यही बैशाख ४ देखि ११ गतेसम्म नेपालमै भएको त्रिकोणात्मक टी–२० सिरिज जितेको नेपालले टी–२० वरीयतामा सुधार गरेको हो । सिरिज दौरान नेपालको वरीयतामा तलमाथि भइरहेको थियो । सिरिजको उपाधि जितेपछि नेपाल १४औं स्थानमा उक्लेको थियो ।

पछिल्लो वरीयतामा नेपालले स्कटल्याण्डलाई पछि पार्दै १३औं स्थानमा उक्लेको हो । एसोसिएट नेशनतर्फ नेपाल सबैभन्दा अगाडि रहेको छ ।

ओडिआईतर्फ न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लेको छ भने अष्ट्रेलिया दोस्रो स्थानमा उक्लेको छ । भारत तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा झरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ५० बजे

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को