ओडीआई र टी-ट्वान्टी वरीयतामा नेपालको एक–एक स्थान सुधार | Khabarhub Khabarhub

ओडीआई र टी-ट्वान्टी वरीयतामा नेपालको एक–एक स्थान सुधार


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को ओडिआई र टी–२० वरीयतामा नेपालले एक-एक स्थान सुधार गरेको छ ।

आइसीसीले हरेक वर्ष मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ । यसमा पछिल्लो तीन वर्षको नतिजालाई आधार मानिने आइसीसीले जनाएको छ ।

आइसीसीले सोमबारी जारी गरेको वरीयतामा नेपाल ओडिआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । यस्तै टी–२० आईमा पनि एक स्थान सुधार गर्दै नेपाल १३औं स्थानमा उक्लेको छ ।

ओडिआईमा नेपाल यसअघि १७औं र युएई १६औं स्थानमा थियो । युएईलाई पछि पार्दै नेपाल १६औं स्थानमा उक्लेको हो । नेपालले २०२० फेब्रुअरीमा क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजपछि ओडिआई खेल खेलेको छैन ।

यस्तै यही बैशाख ४ देखि ११ गतेसम्म नेपालमै भएको त्रिकोणात्मक टी–२० सिरिज जितेको नेपालले टी–२० वरीयतामा सुधार गरेको हो । सिरिज दौरान नेपालको वरीयतामा तलमाथि भइरहेको थियो । सिरिजको उपाधि जितेपछि नेपाल १४औं स्थानमा उक्लेको थियो ।

पछिल्लो वरीयतामा नेपालले स्कटल्याण्डलाई पछि पार्दै १३औं स्थानमा उक्लेको हो । एसोसिएट नेशनतर्फ नेपाल सबैभन्दा अगाडि रहेको छ ।

ओडिआईतर्फ न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लेको छ भने अष्ट्रेलिया दोस्रो स्थानमा उक्लेको छ । भारत तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा झरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ५० बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर