विश्वकप छनोट फुटबलमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्दै « Khabarhub

विश्वकप छनोट फुटबलमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्दै


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

ताइपेइविरुद्ध मैदान उत्रदा नेपाल स्पष्ट जितको खोजिमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेइविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जितसहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताइपेइ ५ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।

चाइनिज ताइपेइविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपेइ अहिलेसम्म दुई पटक भिडेका छन् ।

पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० ले खेल जितेको थियो ।

४ खेलबाट शत प्रतिशत जितसहित १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ६ : २५ बजे

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।