विज्ञ भन्छन्- कपुर ल्वाङसहितको घरेलु उपचारले अक्सिजन लेभल बढाउँदैन « Khabarhub

विज्ञ भन्छन्- कपुर ल्वाङसहितको घरेलु उपचारले अक्सिजन लेभल बढाउँदैन



दीपक अधिकारी/काठमाडौँ- नेपालमा कोभिड-१९ को दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जालमा अक्सिजन लेभल बढाउने घरेली उपचार विधी भन्दै केही सामग्री भाइरल भइरहेका छन् ।

यस्तो सामग्री सेयर गर्नेमा सञ्चारकर्मीसमेत छन् । ट्वीटर र फेसबुकमा ‘अक्सिजन लेभल कम हुँदा गरिने पूरानो उपाय’ भन्दै राखिएको टिप्समा कपुर, ल्वाङसहितका समाग्रीको उपयोगबाट अक्सिजन लेभल बढ्ने दाबी गरिएको छ ।

तर साउथ एसिया चेकका लागि दीपक अधिकारीले गरेको फ्याक्ट चेकमा त्यस्ता सामग्रीबाट अक्सिजन लेभल बढ्ने विषय भ्रामक भएको उल्लेख गरिएको छ ।

नेपाल टेलिभिजनकी पूर्वसमाचार वाचिका रमा सिंहको फेसबुकमा बैशाख १४ गते शेयर गरिएको सामग्रीमा अक्सिजन लेभल बढाउन उपयोगी भन्दै घरेलु उपचारसहितको टिप्स सार्वजनिक गरिएपछि धेरैले उनलाई धन्यवाद दिएका छन् ।

एकजनाले हिन्दी भाषामा बनाइएको त्यसको भिडियो पनि शेयर गरेकी छन् । सिंहको पोस्टमा ३० वटा प्रतिक्रिया आएका छन् भने त्यसलाई ४ हजारभन्दा बढी शेयर गरिएको छ ।

उक्त सामग्री ट्वीटर र फेसबुकमा पनि शेयर गरिएको छ । भारतमा यस अघि नै भाइरल भएको यो सामग्री नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले सिंहको पोस्टबाट फैलाएको देखिन्छ ।

तथ्य जाँच

साउथ एसिया चेकले तथ्य जाँच गर्दा यो सामग्री भ्रामक र आधारहीन भएको फेला परेको छ ।

आयुर्वेदिक चिकित्सक प्रकाश ज्ञवालीका अनुसार कपुर, ल्वाङ र ज्वानो परम्परागत रुपमा घरेलु उपचारमा प्रयोग गरिने जडिबुटी भएता पनि तिनको प्रयोगले मानिसमा अक्सिजन लेभल बढाउँछ भन्ने दाबी प्रमाणित होइन।

“यी चिजलाई आयुर्वेदमा औषधिको रुपमा वर्णन गरिएको छैन । आयुर्वेदिक औषधि हुनका लागि त त्यससम्बन्धी पुस्तकमा वर्णन गरिएको हुनुपर्‍यो,” डाक्टर ज्ञवालीले साउथ एसिया चेकलाई बताए ।

उनका अनुसार कपुरले रुघा लागेमा नाक खोल्न मद्दत गर्छ भने ल्वाङले कफलाई सुकाउँछ । “ज्वानोलाई पनि विभिन्न औषधिमा मिसाइन्छ । छातिसम्बन्धी समस्या भएमा यसमा कफ निकाल्ने वा सुकाउने गुण भएकोले यसको प्रयोग गरिन्छ,” उनले भने । त्यसैगरी नीलगिरीको तेल अरु चिजसँग मिसाएर भिक्स जसरी लिने गरिएको उनले बताए । “त्यसलाई भिक्सको रुपमा प्रयोग गरेर बन्द नाक खुलाउन सकिन्छ । यसले सास फेर्न सजिलो हुन्छ तर अक्सिजन लेभल बढाउँछ भन्ने कुनै प्रमाण छैन ।”

काठमाडौको मुलपानी नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पुष्पमणि खरालले त्यस्ता जडिबुटीको प्रयोगले अक्सिजन लेभल बढ्ने कुनै प्रमाण नभएको बताए । “अक्सिजन लेभल बढाउन फोक्सो तन्दुरुस्त हुनुपर्‍यो र कृत्रिम अक्सिजन दिनुपर्‍यो । फोक्सोको एक्सर्साइज गर्नुपर्‍यो।

यसअतिरिक्त जस्तो प्रोन पोजिसन (घुँडा र पेटमा सिरानी राखेर घोप्टो परेर सुत्ने), डिप ब्रिदिङ (गहिरो सास लिने) आदि ।” यी प्रक्रियाले सास फेर्न सहज बनाउने उनले बताए ।

गुगलको प्रयोग गरी इन्टरनेटमा प्रकाशित यसबारेका सामग्री खोजी गर्दा ती जडिबुटीको सेवनबाट अक्सिजन लेभल बढ्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै सामग्री फेला परेन ।

दुई जना चिकित्सकको भनाइ र अन्य सन्दर्भ सामग्रीको आधारमा उक्त पोस्टमा गरिएको कपुर, ज्वानो, ल्वाङ र नीलगिरीको तेलको प्रयोगले अक्सिजन लेभल बढ्छ भन्ने दाबी भ्रामक र आधारहीन ठहर्छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १० : १५ बजे

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

बागमती- लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन- भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार

सुनका गहना सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट)- उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा

भजनी (कैलाली)- नदी उत्खनन्का कारण बर्दिया राजापुर सोनाहा जातिको सुन

गायक यम बराल अस्पताल भर्ना

काठमाडौं – गायक यम बराल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको खबर