स्वस्तिमाले सुरु गरिन् प्राविधिक सहयोग अभियान « Khabarhub

स्वस्तिमाले सुरु गरिन् प्राविधिक सहयोग अभियान


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले निषेधाज्ञाका कारण कामविहिन बनेका ३ सय भन्दा बढी प्राविधिकहरुका लागि सहयोग अभियान सुरु गरेकी छन् ।

नेपाल चलचित्र प्राविधिक संघसँग आबद्ध रहेका प्राविधिकहरुको अवस्था नाजुक बन्दै गएको संघका अध्यक्ष पुष्कर लामाबाट जानकारी पाएपछि स्वस्तिमाले भिडियो सन्देशमार्फत सहयोगको अभियान सुरु गरेको घोषणा गरेकी हुन् ।

‘यतिबेला हामी असामान्य परिस्थितिसँग गुज्रिरहेका छौं । यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको पनि छैन । कोरोनाका कारण अहिले चलचित्र पनि निर्माण भइरहेका छैनन् । जसले गर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या भएको खबर पढ्दा म निकै भावूक भएकी छु’, उनले भनेकी छन् ।

स्वस्तिमाले आफूले स्पट ब्वायहरु बढी समस्यामा परेको थाहा पाएकाे जनाउदै आफू प्राविधिकहरुसँग नजिक रहेकाले सबैले सानो सहयोग गर्दा पनि ठूलो सहयोग पुग्ने बताएकी छन् ।

उनले प्राविधिकहरुलाई सहयोग गर्न ९८४१०१७७६४ नम्बरको इसेवा आइडीमा रकम पठाउन सकिने खुलाएकी छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ३ : ०५ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित