२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १८ हजार ५६२ जनाको पीसीआर परीक्षणमा ५ हजार ८२५ र ३ हजार २११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार जना गरी कुल ६ हजार ८२५ जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

कुन  जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १०, उदयपुरमा ८, ओखलढुंगा ७ खोटाङमा १७, झापामा १०१, ताप्लेजुङमा १, तेह्रथुम ४, धनकुटामा ४, पाँचथर ७१, भोजपुरमा १, मोरङमा ११६, संखुवासभामा ७, सोलुखुम्बु २ र सुनसरी २१० जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १०१, पर्सामा ११, बारामा ७९, महोत्तरीमा ४०, रौतहटमा १४, सप्तरीमा ४०, सर्लाहीमा ४ र सिरहामा ५९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ६३० जनामा कोरोना भेटिएको छ। काभ्रेमा २०५, चितवनमा १७७, दोलखामा २४, धादिङमा १०१, नुवाकोटमा ७३, भक्तपुरमा १२९, मकवानपुरमा १३, रामेछापमा ४२, ललितपुरमा २९८, सिन्धुपाल्चोकमा १४८ र सिन्धुली ४६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २६६, गोरखामा ३७, तनहुँमा ८२, नवलपरासी पूर्वमा ७७१, पर्वत १३, म्याग्दी १६, लमजुङमा ११०, बागलुङमा १ र स्याङजामा ६० जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १६, गुल्मीमा ५३, दाङमा ६५, नवलपरासीमा ३२, पाल्पामा ९, प्यूठानमा ३, बर्दियाका १०, बाँकेमा १८, रुपन्देहीमा १३८ र रोल्पामा ५ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २६, जुम्ला ५, डोल्पा १, दैलेखमा १५, रुकुम पश्चिममा २२, सल्यानमा १३, हुम्लामा १ र सुर्खेतमा ६५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४६, कञ्चनपुरमा १८, कैलालीमा ५२, डडेल्धुरामा ६, डोटी २८, दार्चुला १, बझाङ १ र बैतडीमा १७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : ४७ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई