कोरोनाले ज्यान गुमाएका परिवालाई २५ हजार किरिया खर्च दिइने « Khabarhub

कोरोनाले ज्यान गुमाएका परिवालाई २५ हजार किरिया खर्च दिइने


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च वापत रु.२५ हजार र सङ्क्रमितलाई रु. पाँच हजार उपलब्ध गराउने भएको छ ।

गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोना रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्च वापत रु.२५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।

ककनी गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा कोरोनाले तीन जनाको निधन भएको र सङ्क्रमितको दर अनपेक्षित रुपमा बढेसगैँ रोकथामका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले बताइन् ।

गाउँपालिकाले ३१ श्य याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गरेर चौबिसैघण्टा चिकित्सकसहितको जनशक्ति र अक्सिजनसहितको स्वास्थ्य उपचार सेवाको प्रबन्ध मिलाएको छ ।

काठमाडौँ उपत्यकाको फोहोर बिसर्जन प्रभावित क्षेत्रका बासिन्दाको काठमाडौ महानगरपालिका मार्फत परीक्षण गराएका कारण ककनीभित्रै बसोबास गर्ने तीन सयभन्दा बढीलाई सङ्क्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

हाल पालिकामा सङ्क्रमितको सङ्ख्या ७३ छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : ०१ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय