धादिङमा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरूद्ध « Khabarhub

धादिङमा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरूद्ध


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

बेनीघाट रोराङ- १० स्थित जवाङ खोलामा पहिरोले पाँच वटा सवारी साधन पुरिँदा अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरोमा पुरिएर ना ८ ख ४५४० नम्बरको ट्रकका चितवनको राप्ती नगरपालिका- ६ का १८ वर्षीय दोर्जे भन्ने बीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ४३ वर्षीया भारतीय महिला सोनी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।

घाइते हुनेमा ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ५५ वर्षको राजेश कुमार, वर्ष ७ सुगम कुमार, वर्ष २७ का सन्देश कुमार र वर्ष २५ का राजा कुमार छन् । उनीहरु सबै भारतीय हुन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

घाइते हुने अरू दुई जना ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार छन् । उनीहरु राप्ती नगरपालिका ६ बस्ने वर्ष ४० को हरिबहादुर प्रजा र चितवन भण्डारा बस्ने वर्ष २६ को सुदीप प्रजा छन् । उनीहरुको चितवनस्थित फित्लिङ बिहानी मेडिकलमा उपचार भइरहेको छ ।

सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनापछि अवरुद्ध भएको सडक अहिले एकतर्फी खुलाइएको प्रहरी निरीक्षक अवाले बताए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : १० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस