पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकमा एकतर्फी गाडी चल्न थाले « Khabarhub

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकमा एकतर्फी गाडी चल्न थाले


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनको चार किलो र भोर्ले सेतीदोभानको पहिरो हटाउन थालिएसँगै अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी गाडी चल्न थालेका छन् ।

भोर्ले सेती दोभानमा खसेको पहिरो हटाउन थालेपछि बिहान १० बजे तिरबाट एकतर्फी गाडी चल्न थालेको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

पहिरो पूरै सफा गर्न समय लाग्ने भएपछि एकतर्फी गाडी चल्न सक्ने गरेर बाटो खुलाइएको उनले बताए ।

नारायणगढ–मुग्लिन खण्डमा गाडी चल्न शुरु भए पनि मुग्लिनपूर्व पृथ्वीराजमार्गको ठाउँठाउँमा पहिरो आएको हुँदा काठमाडौँ जाउआउ गर्न अझै गाह्रो हुने खनालले बताए ।

बिहीबारदेखि नै यो सडकखण्डमा पहिरो खसिरहेको छ । शुक्रबार साँझ नारायणगढदेखि २० किलोमिटर पर भोर्ले सेतीदोभन र राति चार किलोमा फेरि थपिएको पहिरोले गाडी चल्न ठप्प भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १२ : ११ बजे

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई