सहमति र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता « Khabarhub

सहमति र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कार्यपालिका बैठक छलेर एकलौटी रुपमा आफ्नो निर्णय गर्ने गरेको आरोप लागेसँगै आगामी दिनमा सबै सदस्यसँग छलफल गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

महानगरपालिकामा यही असार १० गतेअघि बढेको छैटौँ नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा सदस्यहरुले नगरसभा बहिष्कार गरेसँगै चार दिनअघि बुधबार समझदारीपत्रमा हस्ताक्षर गरी अब मिलेर अघि बढ्ने जानकारी गराएका हुन् ।

सो सहमतिपत्रमा प्रमुख महर्जनका साथै नेकपा एमालेका तर्फबाट निर्वाचित कार्यपालिका सदस्यको प्रतिनिधित्व गरी नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन र नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडा नं २१ खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जनले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा कार्यपालिका बैठकमा सबैसँग समन्वय र सहकार्य गरी अघि बढ्ने, विभिन्न समयमा राखेका ध्यानाकर्षण, ज्ञापन र असहमतिका कामबारे आउँदो २३ गते टुङ्ग्याउने र कार्यपालिका बैठक नियमित रुपमा राख्दै जाने उल्लेख गरिएको छ ।

प्रमुख महर्जनमाथि बोर्डमा निर्णय नगरी दरबन्दी नै नभएको वरिष्ठ नगर प्रहरी निरीक्षक भर्ती र नगर प्रहरीको पोसाक परिवर्तन, मनोमानी रुपमा बोलपत्र आह्वान, चिडियाखाना अनि धुर्मुस सुन्तली फाउन्डेशनलाई एकलौटी निर्णयका आधारमा आर्थिक बाँडफाँट, आफ्नै निर्णयका आधारमा मात्रै कारोनाबाट मृत्यु भएका परिवारलाई गर्ने भनिएको रकम सहयोग, सम्पदा क्षेत्रको काम गर्न दरभाउ निर्धारण नगरी त्यसैअघि बढेकोलगायतका आरोप लगाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १२ : ३४ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण