झापामा बाढी र डुबानको त्रास, १ हजार ७३६ परिवार जोखिममा | Khabarhub Khabarhub

झापामा बाढी र डुबानको त्रास, १ हजार ७३६ परिवार जोखिममा



झापा– मनसुन सक्रिय भएसँगै झापाका खोलाहरुमा पानीको सतह बढेको छ ।

पानीको सतह बढेसँगै जिल्लाका आधादर्जन भन्दा बढि स्थानीय तहका बासिन्दा त्रासमा छन् । खासगरि पुर्वपश्चिम राजमार्ग दक्षिणमा पर्ने स्थानीय तहहरुमा बाढी, डुबान र कटानले वर्षेनी ठुलो क्षति पुर्‍याने गरेको छ ।

जिल्लाका मुख्य शहरी क्षेत्रहरु विर्तामोड, भद्रपुर, दमक लगायतका ठाउँमा मुख्य सडकमानै पानी जम्ने समस्या हुने गरेको छ भने ग्रामिण र तटीय क्षेत्रमा डुवान र कटानको समस्या छ ।

जिल्लाको अवस्था
झापामा साना ठुला गरी बाढी आउन सक्ने २८ खोलानदी छन् । ती मध्ये झापा र मोरङ्को सिमानामा पर्ने मावाका साथै रतुवा, कमल, किस्ने, कन्काई, बिरिङ्, टाङ्टिङ् तथा नेपाल–भारत सिमानामा पर्ने मेची खोलाले बढि मात्रामा बिनाश गर्ने गरेको पाइएको छ ।

जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेल जिल्ला स्थित प्रकोप व्यवस्थापन समितिको बैठकले जोखिम अवस्था रहेका सबै स्थानीय तहहरुलाई तयारी अवस्थामा रहन भनिएको बताउँछन् ।

उनले भने, ‘झापाका धेरै ठाउँमा जोखिम रहने गरेको छ, अहिले मनसुन पनि सक्रिय भएकाले जोखिम क्षेत्रका सर्वसाधारणको सुरक्षा, समस्या परिहालेमा उद्धार एवम् त्यस पछि राहत र व्यवस्थापन सम्मको तयारी गर्न हामीले भनेका छौं ।’

प्रशासन, सुरक्षानिकाय, रेडक्रस, स्थानीयतह एवम् अन्य सरोकारवालाबीच सहकार्य गरी जोखिम र क्षती न्युनिकरणमा जुट्न भनिएको उनको भनाइ छ ।

कहाँ कहाँ जोखिम
झापाका १५ ओटा स्थानीय तह मध्ये बाढी र डुवानको समस्या सवै जसो स्थानीय तहमा देखिने गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा चुरे क्षेत्र रहेको र सो क्षेत्रबाट आउने खोला नदीको बेग बढि हुने र ढुंगामाटो समेत बगाएर ल्याउने गरेकाले तटिय क्षेत्रका बासिन्दामा बढि जोखिम रहने गरेको छ ।

ती मध्ये पनि जिल्लाका दक्षिणी स्थानीय तहहरु कचनकवल, बाह्रदशी तथा गौरीगञ्जका अधिकांश भागमा डुवानको समस्या हुने गरेको छ । रेडक्रस सोसाईटी झापाका सभपाति लोकराज ढकालका अनुसार कन्काईको किनामा रहेका बस्ति एवम् शिवसताक्षी नगरपालिकाका विभिन्न गाउँमा पनि कटान र डुवानको समस्या हुने गरेको छ । यसै गरि कमल, गौरादह तथा अर्जुधारानगरपालिकाका केहि भाग समेत डुवान र कटानमा पर्ने गरेका छन् ।

१ हजार ७३६ परिवार जोखिममा
झापाका चार ओटा स्थानीय तहका १ हजार ७ सय ३५ उच्च जोखिममा छन् । रेडक्रस झापाका अनुसार शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका ती परिवार उच्च निगरानीमा राखिएको रेडक्रस सभापति ढकालले जानकारी दिए ।

कन्काई नदीको दुई तटिय क्षेत्रमा बसोबास रहेका ती परिवार बाढी र कटानको उच्च जोखिममा रहेकाले उनीहरुको सुरक्षा आवश्यक देखिएको छ ।

प्रहरीमा जनशक्ति अभाव
बाढी तथा डुवानको समयमा तत्कालिन समयमा उद्धारका लागि सुरक्षाकर्मीको भर पर्नु अवस्था छ । तर सुरक्षाकर्मीकैं जनशक्ति कम भएका कारण व्यवस्थापनमा अर्को समस्या पनि छ । जिल्लाका जोखिमयुक्त सवै स्थानीय तहमा प्रहरी युनिट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ती स्थानमा सुरक्षाकर्मीको संख्या पर्याप्त नभएकाले सम्वन्धित स्थानीय तहसँग समन्वय गरिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताएका छन् । प्रहरी जनशक्ति कम भएका ठाउँमा स्थानीय तहमार्फत सहकार्य गरिएको उनले जनाए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १ : १६ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई