आलियालाई ‘डार्लिंग्स’को डर | Khabarhub Khabarhub

आलियालाई ‘डार्लिंग्स’को डर


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री आलिया भट्टले आफ्नो फिल्म ‘डार्लिंग्स’को सुटिङ सुरु गरिसकेकी छन् । सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै आफूले यसै फिल्ममार्फत निर्माणमा पाइला चालेको जानकारी दिएकी छन् । यो फिल्ममा आलिया अभिनेता शाहरुख खानसँग निर्माणमा सहकार्य गर्दैछिन् ।

आलियाले सार्वजनिक गरेको ब्ल्याक एण्ड ह्वाइट तस्वीरमा आफ्नो वेनिटी भेनमा उनी कागजमा केही पढ्दै सुटिङको तयारी गरिरहेको देख्न सकिन्छ । उनी आफ्नो सट दिनका लागि तयार रहेको उल्लेख गरेकी छन् । ‘डार्लिंग्स’को सेटमा पहिलो दिन’ उनले लेखेकी छन् । उनले आफू निकै डराएको र फ्यानलाई आफूलाई शुभेच्छा व्यक्त गर्न भनेकी छन् ।

‘एक निर्माताका रुपमा मेरो यो पहिलो फिल्म हो । तर म पहिला निर्माता भन्दा अभिनेत्री हुँ(यो मामलामा निकै नर्भस अभिनेत्री) । मलाई थाहा छैन कि यो के हो । एक नयाँ फिल्म सुरु गर्नु अघिल्लो रात मेरो शरीरमा यो नर्भस र शक्तिसँगसँगै लाग्छ । म पुरा रात आफ्नो संवाद बिर्सन नसकुँ भनेर सपना देख्छु’, उनले लेखेकी छन् ।

आलिया चाँडै नै सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’मा देखिँदैछिन् । यो फिल्मको टिजर रिलिज भइसकेको छ । यसबाहेक उनी रणवीर कपूरका साथ फिल्म ‘ब्रह्मास्त्र’ र एस एस राजामौलीका साथ ‘आरआरआर’मा देखिँदैछिन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ४ : २५ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित