झापामा ३५ घर डुबानमा « Khabarhub

झापामा ३५ घर डुबानमा


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अविरल वर्षाका कारण नदीहरुमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका ३५ घर डुबानमा परेका छन् ।

झापा गाउँपालिका–५ खयरबारीमा २० घर र गौरीगञ्ज गाउँपालिका–७ को आमडाँगीमा १५ घर डुबानमा परेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार विरिङ नदीमा लगाइएको बाँध भत्किँदा झापा गापाका २० घर डुबानमा परिसकेका छन् भने आसपासको बस्ती उच्च जोखिममा रहेको छन् ।

यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् । कमल गाउँपालिकाको वडा नं.७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाको वडा नं. ५ को बालुबथानतिर पस्ने अवस्थामा छ । अविरल बर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएको र त्यसको विवरण आउन बाँकी रहेको उनले बताए ।

त्यसैगरी कन्काई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका–५ को सिङ्गो बस्ती डुबानको उच्च जोखिममा परेको छ । सशस्त्र प्रहरी हेडक्वाटर २ नम्बर गणका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले डुबानमा परेका परिवारको उद्धारका लागि सशस्त्र प्रहरीको टोली तैनाथ रहेको बताए ।

पानी नरोकिए र नदीमा पानीको बहाव नघटे उनीहरुलाई आजै सुरक्षित स्थानमा सारिने उनले बताए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ४ : ४० बजे

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले सरकार

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,