गोरखामा खोलाले बगाएर मृत्यु « Khabarhub

गोरखामा खोलाले बगाएर मृत्यु


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ ।

बिहान करिब साढे ९ बजे आरुघाट गाउँपालिकाको वडा नं ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

खोलाले बगाएर करिब २० मिटर तल पुर्‍याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीयवासी देखेर उद्धार गरेको उनले जानकारी दिए ।

अचेत अवस्था उद्धार गरिएका लामालाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो । उनको उपचार गर्दागर्दै  करिब ११ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

लगतारको वर्षाका कारण उर्लिएर आएको फुङ्गीखोला लामालाई बगाएको हो । मतृकको शव परीक्षण गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ३ : ४२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस