फोनबाट सुरु भएको आमिर–किरणको प्रेम « Khabarhub

फोनबाट सुरु भएको आमिर–किरणको प्रेम


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आज तक)– बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले अलग हुने निर्णय लिइसकेका छन् । बलिउडका यी ‘आइडल’ जोडीको सम्बन्धविच्छेदको खबरले उनका फ्यान चकित र दुःखी छन् ।

किरण आमिरकी दोस्रो श्रीमति हुन् । दुवैको प्रेमकथा एक फोनबाट सुरु भएको थियो । आमिर र किरणको पहिलो भेट फिल्म ‘लगान’को सेटमा भएको थियो ।

एक अन्तरवार्तामा आमिरले किरणसँगको भेटका बारेमा बोलेका छन् । ‘मैले किरणलाई सन् २००१ मा फिल्म ‘लगान’को समयमा भेटेको थिएँ । उनी एक सहायक निर्देशक थिइन् । त्यो समयमा उनी र मबीच कुनै सम्बन्ध थिएन । उनी युनिटको सदस्य थिइन् । रीना दत्त(पहिलो श्रीमति)सँग अलग्गिएको केही समय पछि मैले किरणलाई भेटें,’ आमिरले भनेका छन् ।

आमिरका अनुसार उनलाई किरणको फोन आएको थियो र उनीसँग एक घण्टा गफ गरेका थिए । ‘मैले फोन राखेपछि ममा उनीसँग कुराकानी गर्दा खुशीपनको अनुभव भयो । त्यही बेलादेखि मलाई किरणसँग फोनमा कुराकानी गर्दा मलाई खुशी महशुस भइरहेको अनुभव हुन्थ्यो’, उनले भनेका छन् ।

आमिर कठोर महिला मनपराउछन् । उनको अनुभवमा पहिलो श्रीमति रीना र दोस्रो श्रीमति किरण उनका लागि कठोर महिला हुन् । रीनासँग सम्बन्धविच्छेद पछि पनि आमिरको उनीसँग राम्रो सम्बन्ध छ । रीना र आमिर पानी फाउण्डेसनमा सँगै काम गर्छन् । जहाँ रीना सीआईआई छिन् ।

रीना र आमिरकोबाट दुई सन्तान आयरा र जुनैद खान छन् । दुवै रीनासँग बस्छन् । किरण र आमिरले सन् २००५ को डिसेम्बर २८ मा विवाह गरे । सन् २०११ मा सरोगेसीका माध्यमले छोरा आजादको जन्म भयो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ५ : २३ बजे

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले सरकार

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,