नेपालमा २ हजार ३२८ संक्रमित थपिए, १९ को मृत्यु « Khabarhub

नेपालमा २ हजार ३२८ संक्रमित थपिए, १९ को मृत्यु


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८३७ जनाको पीसीआर परीक्षण र ४ हजार २९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ३२८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनसहित १० हजार १३३ नमुना परीक्षण गरिएको छ ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ । जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४३ हजार ५८० मा पोजेटिभ देखिएको छ भने एन्टिजेन परीक्षणमा ३७ हजार ५५६ मा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ५ : ०३ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत