नेपालमा २ हजार ३२८ संक्रमित थपिए, १९ को मृत्यु « Khabarhub

नेपालमा २ हजार ३२८ संक्रमित थपिए, १९ को मृत्यु


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८३७ जनाको पीसीआर परीक्षण र ४ हजार २९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ३२८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनसहित १० हजार १३३ नमुना परीक्षण गरिएको छ ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ । जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४३ हजार ५८० मा पोजेटिभ देखिएको छ भने एन्टिजेन परीक्षणमा ३७ हजार ५५६ मा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ५ : ०३ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार