संघीयता र धर्मनिरपेक्षतासहितका विषयमा समीक्षा गर्न महेश बस्नेतको ८ प्रस्ताव | Khabarhub Khabarhub

संघीयता र धर्मनिरपेक्षतासहितका विषयमा समीक्षा गर्न महेश बस्नेतको ८ प्रस्ताव


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले नेता महेश बस्नेतले मुलुकको शासकीय स्वरुप, संघीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्न माग गर्दै आठ बुँदे प्रस्ताव पेश गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतले आज बसेको केन्द्रीय कमिटी बैठकमा संघीयतासहितको समिक्षा हुनुपर्ने लिखित प्रस्ताव राखेका हुन् ।

नेता बस्नेतले धर्म निरपेक्षताको बारेमा समेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने विषय प्रवेश गराएका छन् ।

बस्नेतको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख छ ।

उनले पार्टी अध्यक्ष पनि दुई कार्यकाल भन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव गरेका छन् । त्यस्तै पार्टी र राज्यका पदहरुमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न बस्नेतले माग गरेका छन् ।

उनले पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणा पत्रमै यो विषयको सम्बोधन गर्न केन्द्रीय कमिटीबाट कार्यदल बनाउन माग गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ४९ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम