आज पनि सरकारविरुद्ध विद्यार्थी संगठनहरूको विरोध प्रदर्शन « Khabarhub

आज पनि सरकारविरुद्ध विद्यार्थी संगठनहरूको विरोध प्रदर्शन


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त विद्यार्थी संगठनले शनिबार पनि सरकारविरुद्ध मुलुकभर प्रदर्शन गरेका छन् ।

शनिबार विद्यार्थीहरुले विभिन्न क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेका हुन् । यसै क्रममा नेविसंघले काठमाडौँको पशुपति क्याम्पसमा प्रधानमन्त्री केपी ओलीको पुत्दा दहन गरे ।

बाहिर पुतला जलाउने क्रममा प्रहरी र विद्यार्थीबीच केहीबेर घम्साघम्सी परेको थियो । प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप विद्यार्थी संगठनहरुले लगाएका छन् ।

उनीहरूले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको उनीहरुको आरोप छ ।

यस्तै नेविसंघ कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले पनि सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्दा दहन गरेका थिए । यसअघि शुक्रबार बसेको विपक्षी गठबन्धनका विद्यार्थी संगठनले थप ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ७ : १६ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा